५ छक्का हानेका मोर्गन ८७ मा रनआउट


इङ्लिस कप्तान इयोन मोर्गन ८७ रन बनाएर आउट भएका छन्। ८१ बलमा ५ छक्का र ८ चौका प्रहार गरेका मोर्गन ३१ दशमलव ५ ओभरमा रन आउट हुन पुगे। मिचेल स्टार्कको ३१ ओभरको पाँचौ बलमा रन लिने चक्करमा जाम्पाले हानेको सिधा थ्रोमा उनी रन आउट भए। बेन स्टोक्ससँग चौथो विकेटको १ सय ५९ रनको साझेदारी पनि टुटेको छ।

इङ्ल्यान्डलाई जितका लागि १८ ओभरमा ८३ रन आवश्यक छ। र, उसको हातमा ६ विकेट छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.