कप्तान मोर्गन र स्टोक्सले फर्काए इङ्ल्यान्डलाई खेलमा, सतकीय साझेदारी


कप्तान इयोन मोर्गन र अलराउन्डर बेन स्टोक्सले चौथो विकेटका लागि अविजित सतकीय साझेदारी गरेपछि अस्ट्रेलियाविरुद्धको अन्तिम समूहको खेलमा इङ्ल्यान्ड पुनः खेलमा फर्किएको छ।

मोर्गनले ग्लेन म्याक्सवेलको पहिलो ओभरको पहिलो बलमै छक्का प्रहार गर्दै सतकीय साझेदारीलाई अन्तिम रुप दिएका थिए। १९ रनमा ३ विकेट गुमाएको इङल्यान्डका लागि १६ ओभर १ बलमा दुवैले सतकीय साझेदारी गरेका थिए। हाल मोर्गन ५८ र स्टोक्स ६० रन बनाएर खेलिरहेका छन्। इङ्ल्यान्डले २२ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ।

अस्ट्रेलियाले पहिलो इनिङमा २ सय ७७ रन बनाएको थियो। २ सय ७८ रनको चुनौती पाएको घरेलु टोलीलाई २८ ओभरमा १ सय ४० रन आवश्यक छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.