२ ओभरमै २ विकेट गुमायो इङ्ल्यान्डले


प्रारम्भिक ब्याट्सम्यानद्धय जासोन रोय र एलेक्स हल्सले इङ्ल्यान्डलाई निरास तुल्याएका छन्। २ सय ७८ रनको चुनौती बोकेर क्रिजमा उत्रिएको इङ्ल्यान्डले २ ओभरभित्रै २ विकेट गुमाएको छ। रोय मिचेल स्टार्कको पहिलो ओभरको दोस्रो बलमै एलबिडब्लुको धरापमा परे। उनले पहिलो बल चौका प्रहार गरेका थिए। हल्स खाता नै नखोली जस हेजलउडको बलको शिकार बने। उनलाई पनि हेजलउडले आफ्नो पहिलो ओभरको दोस्रो बलमा पहिलो स्लिपमा आरोन फिञ्चबाट क्याच आउट गराए। इङ्ल्यान्डले २ ओभरमा ६ रनको स्थितिमा २ विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.