इङ्ल्यान्डलाई जितका लागि २ सय ७८ रनकाे चुनाैती


मध्यक्रमका प्रभावशाली बलर आदिल रसिद र मार्क उडले ४–४ विकेट बाँडेपछि इङ्ल्यान्डविरुद्ध समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ७७ रन बनाएको छ। आरोन फिन्च र कप्तान स्टिभन स्मिथले दोस्रो विकेटका लागि ९७ र ग्लेन म्याक्सवेल र ट्राभेस हेडले पाँचौ विकेटका लागि ५८ रनको साझेदारी गर्दा अस्ट्रेलियाले ३ सयभन्दा माथिको योगफल तयार पार्ने आशा गरिएको थियो। तर, मार्क उडले पहिले स्मिथ र अर्को पल्ट म्याक्सवेललाई आउट गरेपछि तथा बीचमा आदिलले ४१ रन खर्चेर ४ विकेट लिएपछि अस्ट्रेलिया ३ सय भन्दा तलको योगफलमा अडकियो।

इङ्ल्यान्डले जितका लागि २ सय ७८ रनको चुनौती पाएको छ। इङ्ल्यान्ड यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्ने छ।

अस्ट्रेलियाका लागि फिन्चले ६८, कप्तान स्मिथले ५६ र हेडले अविजित ७१ रन बनाए। माथिल्लो क्रमका सबै खेलाडी आउट भइसकेको अवस्थामा पुछारमा हेडले २ वटा छक्का प्रहार गर्दै टिमको स्कोरलाई माथि लगेका थिए। बेन स्टोक्सको बलमा उनको अन्तिम ओभरमा क्याच पनि छुटेको थियो। अन्तिम २० ओभरमा उनले हेजलउडसँग मिलेर २३ रनको अविजित साझेदारी गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.