आदिल रसिद २ वर्ष यता सर्वाधिक विकेट लिने बलर


इङ्ल्यान्डका लेग स्पिनर आदिल रसिद सन् २०१५ को विश्वकप यता एकदिवसीयमा सर्वाधिक विकेट लिने बलर बन्न पुगेका छन्। उनले अस्ट्रेलियाविरुद्ध भइरहेको च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा आफ्नो १० ओभरको कोटा पुरा गरेका छन्। यस अवधिमा उनले ४१ रन खर्चेर ४ विकेट लिएका छन्। उनले पाट कुमिन्सलाई आउट गरेपछि दक्षिण अफ्रिकाका तीब्र बलर रबादाको कीर्तिमानलाई उछिनेका हुन्। रबादाले ३९ खेलमा ६५ विकेट लिएका थिए। शनिवार अस्ट्रेलियाविरुद्ध ४ विकेट लिएपछि उनले ४३ खेलमा ६६ विकेट पुरा गरेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.