कप्तान स्मिथको पहिलो अर्धसतक


अस्ट्रेलियन कप्तान स्टिभन स्मिथले एकदिवसीयमा आफ्नो १७ औं अधसतक पुरा गरेका छन्। उनले इङ्ल्यान्डविरुद्ध च्याम्पिन्स ट्रफीको महत्वपूर्ण खेलमा ६८ बल खेल्दै ४ चौकाको सहयोगले अर्धसतक पुरा गरेका हुन्। उनको यो प्रतियोगितामा पहिलो अर्धसतक हो। अस्ट्रेलियाले ३१ ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनाएको छ।
अस्ट्रेलियाले डेभिड वार्नरलाई २१, आरोन फिन्चलाई ६८ र मोइसेस हेनरिकेसलाई १७ रनमा गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.