फिन्च पनि ६८ रन बनाएर आउट


अस्ट्रेलियाको दोस्रो विकेट पनि झरेको छ। आरोन फिन्चको रुपमा अस्ट्रेलियाले २२ दशमलव ५ ओभरमा १ सय ३६ रन जोड्ने क्रममा विकेट गुमाएको हो। फिन्च ६४ बलमा ६८ रन बनाएर आउट भए। उनले ८ चौका प्रहार गरे भने कप्तान स्टिभन स्मिथसँग मिलेर दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। उनको क्याच बेन स्टोक्सको बलमा कप्तान इयोन मोर्गनले मिड अफमा समातेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.