बंगलादेश संकटमा, १२ ओभरमा ३५–४


न्युजिल्यान्डविरुद्ध च्याम्पियन्स ट्रफीको तेस्रो तथा निर्णायक खेलमा बंगलादेश संकटमा परेको छ। न्युजिल्यान्डले पहिलो इनिङमा दिएको २ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले १२ ओभरमा ४ विकेट गुमाउदै ३५ रन मात्र बनाएको छ।

च्याम्पियन्स ट्रफीमा अहिलेसम्म कुनै टोलीले १० ओभरभित्र बनाएको सबैभन्दा कम स्कोर हो। बंगलादेशले १० ओभरमा ३ विकेट गुमाएर २४ रन बनाएको थियो। अघिल्लो २ खेलमा सतक र अर्धसतक बनाएका तमिम इक्बाल आज शुन्यमै आउट भए। उनलाई दोस्रो बलमा टिम साउदीले एलबिडब्लुको धरापमा पारेका थिए। उनले ३ विकेट लिइसकेका छन्। सोमैया सरकार र सबिर रहमानको विकेट पनि उनले लिए। मुसफिकर रहिमको विकेट एडम मिल्नेले लिएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.