बंगलादेशलाई २ सय ६६ रनको चुनौती, हुसेनको उत्कृष्ट बलिङ


न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २ सय ६६ रनको चुनौती दिएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको किवी टोलीले कप्तान केन विलियम्सन र रोस टेलरको अर्धसतकीय इनिङका कारण ८ विकेटको क्षतिमा २ सय ६५ रनको सम्मानजनक योगफल बनायो।

यी दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ८३ रनको सर्वाधिक साझेदारी गरेका थिए। विलियम्सनले ५७ र टेलरले ६३ रन बनाए। मार्टिन गुप्टिलले ३३ रन बनाए। निल ब्रुम ३६ र जेम्स निसहामले २३ रन बनाए। बंगलादेशका लागि मोसादेह हुसेनले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। तास्किन अहमदले २, मुस्ताफिजुर रहमान र रुबेल हुसेनले १–१ विकेट लिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.