भारतलाई ठूलो सफलता, गुनाथिलका यादवको थ्रोमा आउट


भारतलाई श्रीलंकाविरुद्ध ठूलो सफलता हात लागेको छ। गुनाथिलका र मेन्डिसको दोस्रो विकेटको जोडीलाई भारतले रन आउटको रुपमा भग गरेको छ। यी दुवैले १ सय ५९ रनको साझेदारी गर्दै भारतलाई अफ्ठेरो स्थितितर्फ डोर्याइरहेका थिए। तर, गुनाथिलकालाई विराट कोहलीको बलमा उमेश यादवकाे थ्रो मा महेन्द्रसिंह धोनीले रनआउट गराएपछि भारतले राहतको स्वास फेरेको छ।

उनी ७६ रन बनाउदै आउट भए। श्रीलंकाले २७ दशमलव ५ ओभरमा १ सय ७० रन बनाउदै २ विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.