विराट कोहली विश्वका १३ औं प्रभावशाली खेलाडी


भारतीय कप्तान विराट कोहली खेलकुदको प्रभावशाली च्यानल इएसपिएनले सार्वजनिक गरेको विश्व चर्चित सय खेलाडीको सूचीमा १३ नम्बरमा पर्न सफल भएका छन्। पछिल्लो समय विज्ञापनबाट भएको कमाइँ तथा सोशल मिडियामा बढ्दो फलोअरका कारण उनलाई इएसपिएनले विश्वको सय चर्चित खेलाडीको पंक्तिमा १३ स्थानमा राखेको हो।

यो सूचीमा विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पहिलो, लिओनल मेसी तेस्रो र नेइमार छैटौं स्थानमा छन्। कोहलीको पछिल्लो समय विज्ञापनबाट कमाइँ १ करोड ७४ लाख अमेरिकी डलर (करिब १ अर्ब ७९ करोड रुपैयाँ) बताइएको छ।

उनको फेसबुकमा ३ करोड ३९ लाख, ट्विटरमा १ करोड ३९ लाख, इन्स्टाग्राममा १ करोड ३४ लाख फलोअर छन्। भारतकै पूर्व कप्तान महेन्द्रसिंह धोनी १५ औं स्थानमा छन्। क्रिकेटरमा भारतका युवराज सिंह ९० तथा सुरेश रैना ९५ स्थानमा छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.