च्याम्पियन्स ट्रफीमा पहिलो पटक चिप्सको प्रयोग


बिहिबारदेखि सुरु हुने आठौं संस्करणको च्याम्पियन्स ट्रफी प्रविधिबाट निपूर्ण हुने अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले जनाएको छ। पहिलो पल्ट च्याम्पियन्स ट्रफीमा ब्याट्सम्यानको ब्याटमा चिप्सको प्रयोग हुँदैछ। आइसिसीका अनुसार यसपालि प्रतियोगितामा भाग लिने ८ टिमको ३ ब्याट्सम्यानको ब्याटमा चिप्स प्रयोग गर्न लागिएको छ।

चिप्सको सहयोगले ब्याट्सम्यानको डेटा राख्न सहज हुने बताइएको छ। यसअघि यसको प्रयोग बेसबलमा हुने गरेको थियो। आइसिसी र इन्टेल कम्पनीबीच भएको सम्झौतापछि यसको प्रयोग हुन लागेको हो।

चिप्सको मद्धतले ब्याट्सम्यानले कति बल अनसाइड र कति अफसाइडमा खेले त्यसको जानकारी तुरुन्त पाइने बताइएको छ। यस्तै, ब्याट्सम्यानले कति तीब्रताका साथ ब्याटिङ गरे यसको पनि जानकारी पाइने छ। आइसिसीका डेभिड रिचर्डसनले चिप्सको प्रयोगले खेलमा थप रोमाञ्चकता थपिने बताए। यसै वर्षको अप्रिलमा आइसिसीले इन्टेलसँग सम्झौता गरेको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.