भारत–पाक क्रिकेटमा १० सेकेन्डको विज्ञापनको मूल्य ३० लाख रुपैयाँ


भारत र पाकिस्तानबीच आयोजना हुने क्रिकेटलाई लिएर विश्वव्यापी चासो हुने गरेको सर्वविदितै छ। यी दुई राष्ट्र विश्वको कुनै पनि कुनामा क्रिकेट खेल्न उत्रिएको खण्डमा रंगशाला खचाखच हुने गरेको छ।

यसपालिको च्याम्पियन्स ट्रफीमा पनि यसको केही झझल्को खेल सुरु हुनभन्दा अगाडि नै देखिन थालेको छ। भारत र पाकिस्तान च्याम्पियन्स ट्रफीअन्तर्गत आउँदो आइतबार मैदानमा उत्रिदै छन्। यी दुई देशबीचको खेललाई लिएर अहिलेदेखि नै विश्वव्यापी चासो बढिसकेको छ। अझ व्यापारीक हिसाबले पनि यी देशबीच हुने खेलका लागि नयाँ वातावरण बन्दै गइरहेको छ।

खेलकुदको गतिविधिलाई लिएर अध्ययन गर्ने कम्पनी स्पोर्टी सलुसन्स र इनसाइडस्पोर्टले भारत र पाकिस्तानबीचको खेललाई लिएर गरेको नयाँ अध्ययनअनुसार टेलिभिजनमा १० सेकेन्डको विज्ञापन गर्न कम्पनीहरुले २७ देखि ३० लाख भारु खर्चिन तयार देखिएका छन्।

विश्व चर्चित कम्पनीलाई आफ्नो उत्पादनको प्रचारप्रसार गर्न भारत–पाकबीचको खेल सबैभन्दा प्रभावशाली रहेको स्पोर्टी सलुसन्सका सिइओ आशिष चड्ढाले बताएका छन्। उनले विगत २ वर्षको तुलनामा यी दुई देशबीचको खेलमा ५० प्रतिशतको हिसाबले रकम बढेको बताए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.