पाकिस्तानका तीब्र बलर वाहव रियाज च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन्। उनी आइतबार राती भारतविरुद्धको खेलमा चोटग्रस्त भएका थिए। चोटकै कारण उनी अन्तिममा ब्याटिङ गर्न उत्रिएका थिएनन्।
भारतविरुद्ध ८ ओभरको चौथो बल फ्याक्ने क्रमममा उनको खुट्टाको नसा तन्किएको थियो। उनको कुर्कुच्चामा समस्या देखिएका कारण प्रतियोगिताबाट बाहिरिनु परेको बताइएको छ। ३१ वर्षीय रियाजले ८७ रन खर्चेका थिए।
यसअघि इङ्ल्यान्डका क्रिस ओक्स पनि चोटका कारण बाहिरिएका थिए। उनको स्थानमा स्टेभन फिनलाई इङ्ल्यान्डले टोलीमा बोलाएको छ।
 
   
                       
                       News
			  News              .jpg)
 
				            