च्याम्पियन्स ट्रफीको आफ्नो दोस्रो खेलमा बंगलादेश अष्ट्रेलियासँग १८२ रनमा समेटिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगालदेशका लागि तमिम इकवालले सर्वाधिक ९५ रन बनाउनु बाहेक अरूले खुलेर खेल्न सकेनन्।
इकवाल आउट भएपछि बंगालदेशले लगातार एकै ओभरमा तीन विकेट गुमाएको थियो।
४४.३ ओभर खेलेको बंगालदेशले सबै विकेट गुमाएर १८२ रनको चुनौती दिएको हो।
अघिल्लो चरण प्रवेशका लागि आज अस्ट्रेलियालाई कुनै पनि हालतमा पराजित गर्नुपर्ने आवश्यकता छ। आयोजक इङ्ल्याण्डसँग पहिलो खेलमा पराजय भोगिसकेको अवस्थामा बंगलादेशका लागि आज ‘गर या मर’ को अवस्था छ।
अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग वर्षाका कारण १–१ अंक बाँडेको थियो।
 
   
                       
                       News
			  News              .jpg)
 
				            