भारतको तेस्रो विकेट गुम्यो, शिखर धवन २१ रनमा आउट


पाकिस्तानले दिएको ३३९ रनको बिशाल लक्ष्य पछ्याएको भारतले आफ्नो तेस्रो विकेट गुमाएको छ। २ विकेट सस्तैमा गुमाएको भारतका लागि ओपनर शिखर धवनलाई २१ रनमा गुमायो।

९औं ओभरको अन्तिम बलमा मोह्मद आमिरको बलमा विकेट किपर सर्फराज अहमदले क्याच लिए।

आउट हुनुअघि २२ बल खेलेका धवनले ४ चौकासहित २१ रन बनाए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.