भुवनेश्वरलाई छक्का हान्दै पाकिस्तानले पुर्‍यायो ३ सय रन


पाकिस्तानले यसपालिको च्याम्पियन्स ट्रफीमा पहिलो पल्ट ३ सय रन पुरा गरेको छ। प्रतियोगितामा यसअघि २ सय ५० रन पनि पुरा गर्न नसकेको पाकिस्तानले भारतविरुद्ध हाल ओभलमा भइरहेको फाइनलमा ३ सय रन पुरा गरेको हो।
मोहम्मद हाफिजले भुवनेश्वर कुमारको ४५ ओभरको दोस्रो बलमा डिप स्क्वायर लेगमा छक्का प्रहार गर्दै ३ सय रन पुरा गरेका हुन्। हाफिज २३ बलमा ३९ रन बनाएर खेलिरहेका छन्। इमाद वासिम १२ रनमा छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.