पाकिस्तानले तेस्रो विकेट गुमायो, भुवनेश्वरले लिए विकेट


पाकिस्तानले सोहेब मलिकको रुपमा तेस्रो विकेट गुमाएको छ। ३९ ओभरपछि पुनः बलिङ गर्न फर्किएका भुवनेश्वर कुमारले चौथो बलमा मलिकको विकेट लिएका हुन्। मलिक १२ रन बनाएर खेलिरहेका थिए। उनी केदार जाधवबाट क्याच आउट भए। पाकिस्तानले २ सय ४७ रनमा तेस्रो विकेट गुमाएको हो।

उनी आउट भएको अर्को ओभरमा पाकिस्तानले २ सय ५० रन बनायो। पाकिस्तानले ४० दशमलव १ ओभरमा २ सय ५० रन बनायो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.