पाकिस्तानको दूर्भाग्य, अजहर अली ५९ मा रनआउट (भिडियो)


पाकिस्तानले दूर्भाग्यपूर्ण रुपमा अजहर अली रन आउट भएका छन्। ७१ बलमा १ छक्का र ६ चौका लगाएर ५९ रनमा खेलिरहेका अजहर २२ ओभरको अन्तिम बलमा को थ्रोमा रन आउट भएका हुन्। यसअघि अजहर र फखर जमाल १ सय २८ रन बनाएर खेलिरहेका थिए।
रवीचन्द्रन अश्विनको २२ ओभरको अन्तिम बललाई स्क्वायर लेगमा खेलेका अजहर ‘कल’ नगरि दौडिएका थिए। उनी क्रिजबाट धेरै बाहिर निस्किएको अवस्थामा जसप्रित बुमराहको थ्रोमा महेन्द्रसिंह धोनीले रन आउट गराएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.