फखर जमानको च्याम्पियन्स ट्रफीमा लगातार ३ अर्धसतक


फखर जमालले भारतविरुद्ध पहिलो अर्धसतक पुरा गरेका छन्। उनले जडेजाको एकै ओभरमा २ चौका प्रहार गर्दै ६० बलमा ७ चौकाको सहयोगले अर्धसतक पुरा गरे। उनको च्याम्पियन्स ट्रफीमा यो लगातार तेस्रो अर्धसतक हो।

फखरले श्रीलंकाविरुद्ध समूह चरणको महत्वपूर्ण खेलमा ५० र इङ्ल्यान्डविरुद्ध सेमिफाइनलमा ५७ रन बनाएका थिए। उनको अर्धसतकसँगै पाकिस्तानले २० ओभरमा १ सय १८ रन बनाइसकेको छ। अजहर अली ५१ रन बनाएर खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.