अजहरले हाने अश्विनलाई पहिलो ओभरमै छक्का (भिडियो)


पाकिस्तानका प्रारम्भिक बलर अजहर अलीले पहिलो छक्का प्रहार गरेका छन्। ७ ओभरसम्म कुनै विकेट नझरेपछि भारतीय कप्तान विराट कोहलीले रवीचन्द्रन अश्विनलाई बलिङमा उतारेका थिए। अजहरले अश्विनको पहिलो ओभरको चौथो बललाई लङ–अफमा छक्का प्रहार गरेका थिए।

यो छक्का फाइनल खेलको पहिलो हो। पाकिस्तानले ८ ओभरमा ६ को औसतले ४८ रन बनाएको छ। अजहर २८ बलमा २३ रन बनाएर अविजित छन्। फखर जमान २१ बलमा १४ रन बनाएर खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.