भारतले पावर प्लेमा पाकिस्तानविरूद्ध ४६ रन बनाएको छ। बर्मिङ्घमको एडबस्टनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ब्याटिङ पावरप्लेमा विना कुनै विकेट क्षती ४६ रन बनाएको छ।
भारतका दुई प्रारम्भिक ब्याट्सम्यान शिखर धवन र रोहित शर्माले अविजित रहँदै ४६ रन पुर्याएका हुन्।
रोहित ४ चौका लगाएर २५ रन बनाउदै अविजित छन् भने शिखरले १ चौका हिर्काएर २० रन बनाएका छन्।
News .jpg)
