इङल्यान्डका जासोन रोयले च्याम्पियन्स ट्रफीको उत्कृष्ट क्याच समातेका छन्। उनले अस्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले मार्क उडको बलमा मिडविकेट माथिबाट छक्काका लागि गरेको प्रहार बाउन्ड्रीको रोप नजिकै समातेका थिए। रोयले  बाउन्ड्रीभन्दा बाहिर गइरहेको बललाई सुरुमा उडेर मैदान भित्र ल्याएका थिए। त्यसपछि आफू हुत्तिएको अवस्थालाई नियन्त्रणमा राख्दै क्याच समातेका थिए।
म्याक्सवेल २० रन बनाउदै आउट भए। उनी आउट भएपछि ४३ ओभरमा अस्ट्रलियाले ५ विकेट गुमाएर २ सय ४२ रन बनाएको छ। 
  
                      
                      
			  News              .jpg)
